दफा ४१
कसूर र सजाय
(१) कसैले देहाय बमोजिमको काम गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ:-
(क) परीक्षामा चिट चोरेमा वा चोराएमा, अर्काको नक्कल गरेमा वा गराएमा वा विद्युतीय उपकरण प्रयोग गरी परीक्षामा अनियमित काम गरेमा,
(ख) परीक्षार्थीले आफ्नो उत्तरपुस्तिका नबुझाई आफूसाथ लिई गएमा, आयोगले फिर्ता गर्नु पर्ने भनी तोकेका प्रश्नपत्र फिर्ता नबुझाएमा, त्यस्तो प्रश्नको प्रतिलिपि बनाई वा विद्युतीय उपकरणबाट सार्वजनिक गरेमा वा गराएमा, (ग) आयोगले परीक्षा सञ्चालन गरिरहेको परीक्षा केन्द्रमा आयोगले तोकेको परीक्षा समयमा सम्बन्धित पदाधिकारीको स्वीकृति _बिना प्रवेश गरेमा वा प्रवेश गर्न प्रयत्न गरेमा वा परीक्षा केन्द्रमा होहल्ला गरी परीक्षा सञ्चालनमा अवरोध पुच्याएमा,
(घ) अर्काको नामबाट परीक्षा, दिएमा वा दिन लगाएमा,
(ङ) परीक्षा सञ्चालन गर्ने परीक्षा केन्द्र नियन्त्रणमा लिएमा वा लिन प्रयत्न गरेमा वा परीक्षा केन्द्रमा हुलहुज्जत वा अन्य: कुनै काम गरी परीक्षा सञ्चालनमा बाधा. अवरोध पुच्याएमा वा पुग्याउने प्रयत्न गरेमा,
(च) कुनै किसिमले परीक्षाको गोपनीयता भङ्ग गरेमा वा गराएमा ।
(२) कसैले देहाय बमोजिमको काम गरेमा आयोगले आयोगबाट लिइने परीक्षामा: देहाय बमोजिमको अवधिसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाउन सक्नेछ:-
(क) उपदफा (१) को खण्ड (क) विपरीतको काम गरेमा दुई वर्षसम्म,
(ख) उपदफा (१) को खण्ड (ख) विपरीतको काम गरेमा तीन वर्षसम्म,
(ग) उपदफा (१) को खण्ड (ग) विपरीतको काम गरेमा चार वर्षसम्म,
(घ) उपदफा (१) को खण्ड (घ), (ङ) वा (च) विपरीतको काम गरेमा पाँच वर्षसम्म ।
(३) कसैले उपदफा (१) को खण्ड (क) विपरीत परीक्षामा चीटः चोराउने काम गरेमा वा खण्ड (ग) विपरीतको काम गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ।
(४) कसैले उपदफा (१) को खण्ड (घ), (ङ) वा (च) विपरीतको काम गरेमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना र तीन महिनादेखि छ महिनासम्म कैद हुनेछ । (५) उपदफा (२) को खण्ड (क), (ग) वा (घ) बमोजिम परीक्षामा रोक लगाइएको कुनै व्यक्तिको विरुद्ध उपदफा (३) वा (४) बमोजिमको कसूरमा चलेको मुद्दामा अदालतबाट सफाई पाएमा त्यस्तो रोक्का स्वत: फूकवा हुनेछ ।